कांग्रेसमा एकताका लागि बिगतका गल्तीको समीक्षा हुनुपर्ने : पौडेल


Share This

नेपालबहस संवाददाता    

सुर्खेत । कम्युनिस्टहरु मिलेकाले चुनाव हारियो भन्नु हास्यास्पद तर्क भएको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।तरुण दलको कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै पौडेलले पार्टीमा निरंकुशता र स्वेच्छाचारीता बढेको आरोप लगाएका छन् । उनले भने, हाम्रै कारण कांग्रेस हारेको हो, त्यसको समीक्षा हुनुपर्छ । सरकारमा हुँदा राम्रो निर्णय र काम नभएका कारण हामी पछाडि परेका हौं ।’

कांग्रेसमा एकताका लागि बिगतका गल्तिको समीक्षा हुनुपर्ने भन्दै उनले देउवाले एकलौटी गरेकोमा आक्रोश समेत व्यक्त गरे ।पौडेलले भने, गल्तीको आत्मसमीक्षा गर्नुको साटो कम्युनिस्ट मिलेर हारियो भन्नु आत्मरतिमात्र हो भनेका छन् ।

तरुण दल परिवर्तनको सम्वाहक भएको भन्दै पौडेलले आफ्नो छविलाई कायम गरेर गाउँगाउँमा पुग्न निर्देशन दिए । देश विभाजन हुनबाट कांग्रेसले बचाएको र कांग्रेसको सिद्धान्तको जीत भएको भन्दै पौडेलले पार्टी हारको मूल्यांकन गरेर आगाडि जाने सके मात्र कांग्रेसलाई जनताले पत्याउने बताए ।

पौडेलले भने, ‘म कांग्रेस सुधारको अभियानमा लागेको छु । कांग्रेस सुधारको अभियान कर्णाली प्रदेशबाट सुरु भयो । कर्णालीका सबै जिल्लामा कार्यकर्ता र जनताका बीचमा पौडेल पुग्ने भएका छन् ।

तरुण दलको कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेल दैलेख जानेछन् । त्यहाँ कार्यकर्ता भेटघाट गरी जेठ १ गते कालिकोट, २ गते जुम्ला, ३ गते मुगु पुग्नेछन् । जेठ ४ गते मुगुमा कार्यकर्ता भेटघाट गरी काठमाडौं फर्कने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State