प्रधानमन्त्रीद्वारा लामिछानेको स्वास्थ्य अवस्थाबारे जानकारी


Share This

नेपालबहस संवाददाता    

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।मस्तिष्कघात भएपछि आइतबार दिउँसोदेखि काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा उपचार गराइरहेका लामिछानेको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका प्रधानमन्त्री ओलीले चिकित्सकहरुसँग समेत उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

प्रधानमन्त्री ओलीले लामिछानेका परिवारसँग समेत भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेको बताए । लामिछाने भक्तपुर क्षेत्र नं १ ९ख०बाट नेकपा ९एमाले०का तर्फबाट विजयी भएका थिए । हाल उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । रासस

तपाईको प्रतिक्रिया
Road Show Real State