सुरक्षा दिन नसक्नु राष्ट्रकै अपमान :- अध्यक्ष यादव


Share This

नेपालबहस संवाददाता    

चितवन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूले बोलाएको पाहुनालाई सुरक्षा दिन नसक्नु राष्ट्रकै अपमान भएको बताए ।

सोमबार आयोजित पत्रकारहरुसँगको कुराकानीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भारतीय सुरक्षाकर्मी परिचालनले नेपाली सेनाको मनोबल गिराउने काम भएको चर्चा गर्दै अध्यक्ष यादवले नेपालमा आफ्नै सुरक्षा निकाय हुँदाहुदै पनि अरुले सुरक्षा दिनु भनेको त्योभन्दा ठूलो राष्ट्रको अपमान अरु के नभएको बताए ।

संविधान संशोधन गरेर राष्ट्रिय समस्या समाधान गर्ने भए आफूहरु पनि सरकारमा जाने जानकारी दिंदै उनले जागिर खानका लागि मात्रै आफुहरु सरकारमा नजाने बताए ।

तपाईको प्रतिक्रिया
Road Show Real State