सरकार विरुद्ध नेविसंघको विरोध,मुख्यमन्त्रीलाई कारबाहीको माग


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका समयमा भएका विभिन्न घटनामाथि नेपाल विद्यार्थी संघले विरोध जनाएको छ। विरोधस्वरुप संघले मंगलबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ।

विद्यार्थीहरुले गैरजिम्मेवारी अभिव्यक्ति दिने प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई कारबाहीको माग गरेका छन्। यस्तै, भारतीय सेना नेपाल भित्रन दिएर सरकारले लज्जास्पद काम गरेको भन्दै आलोचना गरेका छन्। केपी ओली नेतृत्वको सरकार लम्पसारवादी भएको आरोप लगाएका छन्।

तपाईको प्रतिक्रिया
Road Show Real State