वाइसिएलको भोलीदेखि एक महिने खबरदारी अभियान


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसीएल) ले भोली देखि एक महिने खबरदारी अभियान सञ्चालन सुरु गर्ने भएको छ ।

खबरदारी अभियान देशब्यापि रुपमा हुने र अभियान काठमाडौं महानगरपालिका र काठमाडौंकै तार्केश्वर नगरपालिकाबाट शुरु हुने बताइएको छ ।

स्थानीय तहको निर्वाचन भएको एक बर्ष बितिसक्दा पनि जनप्रतिनिधिले स्थानीय माझ प्रतिबद्धताहरु अहिलेसम्म पनि पूरा नगरेकाले खबरदारी अभियान सञ्चालन गर्नुपरेको वाइसीएलका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले बताए ।

अभियान अन्तर्गत प्रत्येक वाइसीएल कार्यकर्ता जनताको घरमै खाने र बस्ने गर्नेछन् । यो अभियानले जनतासँगको सम्बन्धमा प्रगाढ ल्याउने वाइसीएलको विश्वास छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार