छोरीको पास्नीमा छोरीकै नाममा अटिजम फाउन्डेसनको स्थापना


Share This

नेपालबहस संवाददाता    

१ असार,काठमाडौं । अटिजम र अनाथ बालबालिकाको रेखदेखका लागि काम गर्दै आएका संस्थालाई सहयोग गर्ने उद्देश्यले सञ्चारकर्मी भरतराज उप्रेतीले छ महिने छोरीको नाममा ‘सम्पदा फाउन्डेसन’ स्थापना गरेका छन् ।

सो फाउन्डेसनले यहाँ आयोजित एक कार्यक्रममा छोरी सम्पदा उपे्रतीको नाममा खोलिएको फाउन्डेसनले अन्य कुनै कार्यक्रम नगरी अटिजम भएका बालबालिकाको क्षेत्रमा मात्र काम गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउने जनाएको छ ।

फाउन्डेशनले विगत सात वर्षदेखि अटिजम भएका बालबालिकालाई थेरापीसहित क्षमताअनुसारको विशेष शिक्षा दिँदै आएको ‘विशेष स्कुल तथा पुनःस्थापना केन्द्र’ लाई रु २३ हजार सहयोग गरेको छ ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी र पत्रकार जीवन भण्डारीलाई सम्मान पनि गरिएको थियो ।
खड्गीलाई उपप्रमुखमा निर्वाचित भएकोमा र पत्रकार भण्डारीलाई पत्रकारिता मार्फत् स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याएको भन्दै सम्मान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा उपप्रमुख खड्कीले छोरीको जन्ममा अब खुसी साट्ने परम्पराको विकास भएको भन्दै बालबालिकाकाको नाममा हुने खर्च कटौती गरी अटिजम भएका बालबालिकालाई सहयोग गर्नु सकारात्मक भएको बताइन् ।

सम्पदा उप्रेतीका आमा तथा सिर्जनशील प्रवद्र्धन केन्द्रकी संस्थापक सावित्री बस्नेतले अटिजम भएका बालबालिकाको स्याहार चुनौतीपूर्ण काम भएकाले राम्रो स्याहार गर्नसके उनीहरुको पनि जीवनमा परिर्वतन आउन सक्छ भन्ने सोचले अटिजमका क्षेत्रमा काम गर्ने लक्ष्य राखेको बताइन् ।

लामो समयसम्म सरकारको महत्वमा नपरेको अटिजम मस्तिष्क र स्नायुकोषको स्वाभाविक विकासक्रममा हुने असमान अवस्थाको रुप हो । यसलाई नेपालीमा आत्मकेन्द्रित व्यवहार भनिन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा ६८ जनामध्ये एक जनामा अटिजम हुने र छोरीलाई भन्दा छोरामा तीन/चार गुणा बढी असर पार्ने गरेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार