जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी


Share This


नेपालबहस संवाददाता    86 Views

विराटनगर । मोरङमा जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । लेटाङ नगरपालिका–६, लाखबारीका ६५ वर्षीय रेशम मगर, उहाँकी पत्नी ६० वर्षीया कृष्णकुमारी र बुहारी ३० वर्षीया सुकमाया बिरामी परेको १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ ।

तीनै जनाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । बिरामीमध्ये बुहारी सुकमायाको अवस्था गम्भीर रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया