गोरखा केन्द्रबिन्दु भएर परकम्प !


Share This


नेपालबहस संवाददाता    98 Views

काठमाडौं । गोरखा केन्द्रबिन्दु भएर परकम्प गएको छ । शुक्रबार बिहान राति २ बजेर १७ मिनेटमा गोरखा केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि २०७२ वैशाख १२ गते गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पको परपम्प अझै आइरहेको हो । ठूला भूकम्पपछि वर्षौँसम्म साना परकम्प गैरहने भएकाले आत्तिनु नपर्ने केन्द्रले जनाएको छ ।

हिजो राति ९ बजेर ४५ मिनेटमा दैलेख केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको छ ।

तपाईको प्रतिक्रिया