सार्वजनिक काममा महिला सहिभागिता


Share This


नेपालबहस संवाददाता    113 Views

डडेल्धुरा । गाउँ समाजमा भइरहेका विभिन्न उपभोक्ता समितिले गर्ने सार्वजनिक कार्यमा महिलाको सहभागिता बढिरहेको छ । पछिल्लो समयमा उपभोक्ता समितिका काममा महिला सक्रियता देखिने गरेको छ ।

पुरुष रोजगारीको सिलसिलामा घर बाहिर रहने भएकाले पछिल्ला वर्षमा उपभोक्ता समितिका कामदेखि भौतिक पूर्वाधार निर्माणमा महिला मजदूरको संख्या बढी देखिने गरेका छ । डोजर तथा अन्य आधुनिक औजारले हुने निर्माणका काममा बाहेक पर्खाल निर्माण, ढुंगा, गिट्टी, बालुवा ओसारपसारका काममा महिला बढी सक्रिए भएका पाइन्छन् । अहिले वडा, गाउँ, नगर तथा केन्द्रीय सरकारद्वारा चालू आर्थिक वर्षको विनियोजित बजेटअनुसारका काम सम्पन्न गर्न निर्माण धमाधम भइरहेका छन् ।

उपभोक्ता समितिबाट भइरहेका अधिकांश सडक निर्माणमा महिला श्रमिक बढी खटिने गरेका अमरगढी नगरपालिका–५ सेलागाउँका उपभोक्ताले बताएका छन् । डोजरको प्रयोगबाट बनिरहेका सडकबाहेकका काममा महिला श्रमिकले काम गरिरहेका छन् ।

अमरगढी नगरपालिका–७ सिरोला गाउँका महिलाले पोखरा बजारदेखि गाउँसम्मको सडक निर्माण आफैँ गरिरहेको स्थानीय समाजसेवी खडक बोहराले बताए । वडा कार्यालयको रु ५० हजार बराबरको रकममा दैनिक ज्यालादारीमा परम्परागत स्रोत साधनको प्रयोग गरी महिलाले सडक निर्माण सम्पन्न गरेको वडा सदस्य भक्त साहुले बताए। झण्डै दुई किलोमिटर लम्बाइ रहेको सो सडक तीन मिटर चौडाइ खनिएको उनले बताए ।

दैनिक ४० महिलाको सहभागितामा सडक निर्माण गरिएको कलावती भण्डारीले बताए । कामका लागि सदरमुकाम क्षेत्रमा धाउँदै गरेका महिलालाई सडक निर्माणमा लगाइएपछि गाउँघरमै केही दिन भए पनि ज्यालादारीमा काम गर्न पाउँदा महिला हर्षित भएका छन् ।

तपाईको प्रतिक्रिया