विभिन्न प्रजातिका दुई हजार विरुवा बृक्षरोपण


Share This

नेपालबहस संवाददाता    

वीरगंज । नेपाल युवा परिषद् पर्साको आयोजनामा बिन्दवासिनी गाउँपालिकाको विभिन्न टोलहरुमा बृक्षारोपण गरिएको छ ।

बिन्दवासिनी गाउँपालिकाको सहयोगमा आयोजित बिन्दवासिनी गाउँपालिकाको वडा नं. ४ को इटियाहि देखि मधवल जाने बाटोको दुबै तर्फ विभिन्न प्रजातिका दुई हजार भन्दा बढि विरुवाहरु रोपिएको छ ।

शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिकाकी उपप्रमुख किरण देवी, कार्यकारी अधिकृत राज कुशवाहाले संयुक्त रुपमा मसला, सिसौ, टिक, बकाईनो, कदम, अमला, सिमल लगायतका प्रजातिका विरुवाहरु रोपी कार्यक्रमको उद्घाटन गरेका छन् ।

सो अवसरमा कार्यकारी अधिकृत राज कुशवाहाले मानिसलाई अत्यावश्यक अक्सिजन र स्वास्थ्यको लागि बृक्षारोपण फलदायी हुने विश्वास व्यक्त गर्दै रोपिएको विरुवाहरुलाई स्थानियबासीहरुले आफ्नो सम्पति हो भनि रेखदेख तथा संरक्षण गर्नु पर्नेमा जोड दिए ।

नेपाल युवा परिषद् पर्साका अध्यक्ष श्रवण प्रसाद साहको सभापतित्वमा भएको कार्यक्रममा बब्लु गुप्ता, रमेश साह, उत्तम विवारी, मुकलेश राउत गदी, नेपाल युवा परिषद्का उपाध्यक्ष अजय कुमार चौरसिया लगायत स्थानियबासीहरुले बृक्षारोपण गरेका थिए ।

तपाईको प्रतिक्रिया
Road Show Real State