मुस्लिमहरुको महान् पर्व इदुल फित्र भोलि, विशेष नमाज पढेर मनाइँदै


Share This

नेपालबहस संवाददाता    

विराटनगर । इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदुल फित्र मुस्लिमहरुले भोलि मनाउने भएका छन् । एक महिनासम्म चल्ने यो पर्वमा मुुसलमानहरुले जेठ ३ गतेदेखि रोजा ९व्रत० शुरु गरेका थिए । यसलाई रमजान पनि भनिन्छ ।

पर्व धुमधामसँग मनाउन इस्लाम धर्मावलम्बीहरुले सम्पूर्ण तयारी गरिसकेका छन् । रमजान महिनामा मुसलमानहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएकाले यस महिनालाई पवित्र महिनाका रुपमा पनि लिने गरिन्छ ।

पर्वको मुख्य दिन भोलि मुसलमानहरुले इदगाहमा गएर सामूहिकरुपमा नमाज पढ्नुका साथै प्रार्थना गरेर एकापसमा शुभकामना एवं सटासाट गर्दछन् । यस अबसरमा मुसलमानहरुले फित्तरा, जकातका साथै सिधका र हदिया पनि निकाल्ने गर्छन् ।

फित्तरा जनही एक किलो ७५० ग्राम गहुँको मूल्य बराबर निकाल्नु पर्छ भने जकात सम्पत्ति शुद्धीकरणका लागि सयकडा अढाइ प्रतिशत निकाल्नु पर्छ । यो संकलित रकम यो समुदायले विपन्न परिवार तथा मदर्शा ९पाठशाला० मा वितरण प्रदान गरिन्छ ।

रोजा, नमाज, जकात, हज र फित्तरा यी पाँच पाँच आधारभूत कुरा मुसलमानहरुका लागि महत्वपूर्ण भएकाले हजबाहेकका अन्य सबै यस महिनामा प्राप्त हुने गर्छन् । रोजा पर्व एक कठिन व्रत भए पनि ११ वर्षदेखि माथिका सबैलाई अनिवार्य गरिए पनि बिरामी, गर्भवती महिला र अशक्त नागरिकलाई अनिवार्य गरिएको छैन ।

रमजान महिनामा रोजा बस्नु आफू गौरवान्वित भएको सुनसरी चाँदबेला निवासी १४ वर्षीय मोहम्मद अर्ज अली बताए । जस्तोसुकै कठिन अबस्थामा पनि धर्मले अह्राएकाले यो हाम्रो लागि सरल छ र यही कारणले अल्लाहबाट दया प्राप्त हुने विश्वास उनको छ ।

विराटनगर रानी निवासी हाजी डा अविद हुसेनले आफू मुटुको रोगी भए पनि रोजालाई नकार्न नसकेर यस्तो प्रचण्ड गर्मीमा पनि रोजा बसेको छु भन्नुुहुन्छ । रोजा बस्नु हाम्रो लागि ठूलो धर्म हो हाजी हुसेनको प्रतिक्रिया छ ।

अल्लाहले सिर्जना गरेको सबै प्रकृतिको स्वाद लिन मुसलमानहरुको रमजान तथा अन्य पर्व पनि प्रत्येक वर्ष १० दिन सर्ने गरेको छ । गएको वर्षमा असार १४ गते इदुलफित्र पर्व परेको थियो भने यस वर्ष तिथि घटबढले गर्दा भोलि शनिबार परेको हो ।

उक्त पर्वका लागि मुस्लिम समुदाय हर्षोल्लासका साथ बजारमा खानेकुरा खरिद गर्न व्यस्त देखिएका छन् । यो पर्वमा सेवई, बिरयानी, पुलाउजस्ता परिकार खाने चलन छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State