वडा स्तरीय मेहेँदी प्रशिक्षण कार्यक्रम सम्पन्न


Share This

नेपालबहस संवाददाता    

विरगंज ।  विरगंज महानगरपालिका को योजना अन्तरगत वडा स्तरीय मेहेँदी प्रशिक्षण कार्यक्रम लायन्स क्लब सेन्टर सिटीको संयुक्त पहलमा प्रशिक्षण भईरहेको छ ।

१ साता भित्र मेहेँदी प्रशिक्षण दिई सम्पन्न गरिने योजना अन्तर्गत बिहिवार ७ गते सम्पन्न हुने भएको छ । मेहेँदी प्रशिक्षण तालिम वडा नं.६ मा दैनिकी ३ घण्टा प्रशिक्षण भईरहेको र यस मा सहभागी सम्पूर्ण परिक्षार्थीहरु समयमा आई प्रशिक्षण लि रहेका लायनस क्लब सेन्टर सिटी श्रोत ले जनाएका छन् ।

वडा स्तरीय नेपाल सरकार ले दिएको योजना स्वरुप सिप मुलक तालिम अन्तरगत ८ दिने मेहेँदी तालिम को प्रशिक्षण वडा नं.६ समिती को सभाहलमा हुँदैछ ।

प्रशिषण कार्यक्रम को अध्यक्ष लायनस क्लब सेन्टर सिटी का अध्यक्ष बिजया कुमारी ओभैmया, प्रमुख अतिथी वडा नं.६ का वडा अध्यक्ष धु्रव नेपाल, विशिष्ट अतिथी मा विरगंज महानगरपालिका अधिकृत डा.भिष्म कुमार भुसाल, लायन्स क्लब का गुड्डि जोशी, रेखा बैद्ध, र वडा नं.६ का महिला सदस्य कनिका कौशिक, लगायत को उपस्थिती रहेको थियो ।

मेहेँदी प्रशक्षिण तालिम मा जानभी गुप्ता, खुशबु नेशा लगायत, २० जना ले प्रशक्षिण लि रहेका छन् । ८ दिने मेहेँदी प्रशिक्षण कार्यक्रम का प्रशिक्षक अन्जली गुप्ता ले गराउनु भईरहेको छ ।

सालुज ब्युटि होम एण्ड ट्रेनीङ्ग सेन्टर को विरगंज महानरगपालिका वडा नं.१६ स्थीत समाजसेवी चाँदनी भट्टराई र सुष्मा द्धिवेदी द्धारा संयुक्त रुपमा उद्धघाटन गरिएको छ । सालुज ब्युटि होम एण्ड ट्रेनीङ्ग सेन्टर का सञ्चालिका सुधा कार्की द्धारा सञ्चालित यस ब्युटि पार्लर मा विभिन्न विपन्न वर्गका छात्राहरुलाई सुविधा जनक सिपहरु सिखाउने सञ्चालिका कार्कीले बताए ।

यस सालुज ब्युटि होम एण्ड ट्रेनीङ्ग सेन्टर मा अनुभवी प्रशिक्षक रेसु कार्की, सिया थापा, र निरा राणा ले ब्युटिसियन सम्बन्धि अत्याधुनीक मशिनहरुबाट प्रशिक्षण गराईने भएको छ । साथै समय समयमा वडा र गाउँ स्तरीय कार्यक्रम हरु सालुज ब्युटि होम एण्ड ट्रेनीङ्ग सेन्टर ले गराउने भएको जानकारी सञ्चालिका कार्कीले बताए ।

उद्धघाटन कार्यक्रम को अध्यक्षता सालुज ब्युटि होम एण्ड ट्रेनीङ्ग सेन्टर का सञ्चालिका सुधा कार्की, प्रमुख अतिथीमा चाँदनी भट्टराई, विशिष्ट अतिथीमा सुष्मा द्धिवेदी र अन्य अतिथीहरु मा आद्रिका भट्टराई, सोभा खड्गी, लगायत का उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया
Road Show Real State