भाइरल इन्फ्लुएन्जाका कारण कान्तिपुरकर्मी थपलियाको निधन


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । कान्तिपुर दैनिकका सहायक वरिष्ठ उपसम्पादक यादव थपलियाको निधन भएको छ । बुधबार राति काठमाडौं मेडिकल कलेज ९केएकसी० सिनामंगलमा भर्ना भएका थपलियाको शुक्रबार दिउँसो करिव पौने तीन बजे निधन भएको थियो ।

आइतबारदेखि सामान्य ज्वरो आएर घरमा आराम गरिरहेका थपलिया बुधबार राति केएमसीमा भर्ना भएका थिए । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार थपलियालाई भाइरल इन्फ्लुएन्जा भएको थियो ।

आज बिहान चिकित्सकले नेपालमा भएका लकुनैपनि औषधिुले काम नगरेको परिवारलाई बताएका थिए । काभ्रे स्थायी घर भएका थपलियाका श्रीमती र २ छोरी छन् । उनको आजै बेलुकी आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

तपाईको प्रतिक्रिया