बालविवाह तथा दाइजो प्रथा सम्बन्धी सडक नाटक सम्पन्न


Share This


नेपालबहस संवाददाता    

वीरगंज । पर्साको विन्दवासिनी गाउँपालिकाको वडा नं. ४, अमरपट्टीमा शुक्रबार सांस्कृतिक कार्यक्रम तथा सडक नाटक सम्पन्न भएको छ ।

विन्दवासिनी गाउँपालिकाको सहयोगमा र ब्रिलिएन्ट युवा क्लबको अयोजनामा बालविवाह तथा दाइजोप्रथा सम्बन्धी सांस्कृतिक कार्यक्रम तथा सडक नाटक गरिएको हो ।

कार्यक्रमको उदघाटन गर्दै गाउँपालिकाकी उप प्रमुख किरण देवी गुप्ताले महिलाहरुले अगाडी बढनु पर्ने बताइन । उनले महिला हिंसा भए चुप लागेर नबस्नु पर्ने र महिलाहरु आफ्नो अधिकारको लागि आफै अगाडी बढनु पर्ने धारणा राखिन ।

कसैले केही भने पनि त्यसको प्रवाह नगरीकन आफ्नो अधिकारको लागि आफै अगाडी बढनु पर्ने गुप्ताको भनाई थियो । केटीहरुलाई शिक्षा दिन आग्रह गर्दै केटीहरु शिक्षित भए अगाडी गएर केही नहुने उनले बताइन । बालविवाह गरे अगामी पुस्ताको पनि भविष्य बिग्रने भएकोले बालविवाह गर्नु हुदैन भन्दै उनले विना दाइजो विवाह गर्नु पर्ने बताइन ।

ब्रिलिएन्ट युवा क्लबका संस्थापक अध्यक्ष समेत रहेका कार्यक्रम प्र्रमुख छठु साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहा, समाजसेवी बब्लु गुप्ता, जय हनुमान तराई बिकास तथा सांस्कृतिक परिषदका रामनिवास देहाती, ब्रिलिएन्ट युवा क्लबका सचिव शम्भु कुमार सुमनले मन्तव्य राखेका थिए ।

सांस्कृतिक परिषदका वृजकिशोर यादव, लक्ष्मी गुप्ता, गोबिन्द पटेल, ज्योति गुप्ता, सुस्मीता पुडासैनी, ममता पुडा सैनी, पशुराम सराफ लगायतकाले सांस्कृतिक कार्यक्रम तथा सडक नाटक प्रस्तुत गरेका थिए ।

यस्तै आजै बिन्दवासिनी गाउँपालिकाको वडा नं. १ र २ मा पनि सांस्कृतकि कार्यक्रम तथा सडक नाटक सम्पन्न भएको छ । बालविवाह तथा दाइजोप्रथा विरुद्धको कार्यक्रम अन्तर्गत चेतना मूलक सांस्कृतिक कार्यक्रम तथा सडक नाटक सम्पन्न भएको अयोजक संस्थाका सचिव सुमनले बताए ।

तपाईको प्रतिक्रिया