प्रकोपका कारण वर्षेनी धेरैको मृत्यु, बन्न सकेन जल ऐन !


Share This


नेपालबहस संवाददाता    

ललितपुर । नदीबाट हुने प्रकोपका कारण वर्षेनी धेरैको मृत्यु भए पनि अहिलेसम्म जल ऐन बन्न सकेको छैन । ऐन नहुँदा नदीको कति दूरीमा बस्ती हुने भन्ने व्यवस्था हुन नसकेको जल उत्पन्न प्रकोप नियन्त्रण विभागका उपमहानिर्देशक प्रदीप थापाले बताए ।

विभागले गत वर्ष ऐनको मस्यौदा बनाएर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पठाएको थियो । मस्यौदा अर्थमन्त्रालय, कानून मन्त्रालय र गृहमन्त्रालय हुँदै कहिले कहाँ कहिले कहाँ पुगिरहेको छ । खोलाको धेरै नजिक बस्ती नभए त्यसबाट मानवीय र भौतिक क्षति कम हुने बताइएको छ ।

ऐन नहुँदा नदी र त्यस आसपासका क्षेत्रमा मानवीय अतिक्रमण बढेको छ । नदीबाट बालुवा झिक्दा कतिपय स्थानमा खोला र खेतको तह बराबरी बनेको छ ।

पडाडी क्षेत्रमा रुख–बिरुवाको विनाश बढ्दा पहिरो जाने क्रम बढिरहेको छ । स्थानीय निकायले जथाभावी बाटो खन्दा पहिरोको जोखिम बढेको छ । वर्षेनी वर्षाको समयमा जल उत्पन्न प्रकोपका कारण धेरै जनधनको क्षति हुने गरेको छ ।

तपाईको प्रतिक्रिया