अविरल वर्षा : बाढीमा बगेर दुई बेपत्ता, हुलाकी सडक अवरुद्ध


Share This


नेपालबहस संवाददाता    66 Views

ठाकुरसिंह थारु

नेपालगन्ज । दुई दिनदेखि परेको अविरल वर्षाका कारण बांकेको नेपालगन्जमा बाढीले २ जना बगेर बेपत्ता भएका छन् । जेठी नालामा आएको बाढीले बैजनाथ गाउँपालिका–३ का ६५ वर्षिय तुला बुढा र सोही गाउँपालिका–५ का ३५ वर्षिय लोकबहादुर सुनारलाई बगाएको छ ।

बैजनाथ गाउँपालिका बनकटजास्थित जेठी खोला तर्ने क्रममा बाढीले बगाएको हो । उनको खोजि भइरहेको कोहलपर प्रहरीका निमित्त प्रमुख प्रहरी निरीक्षक निरन्जन घिमिरेले बताएको खबर कान्तिपुर दैनिकमा खबर प्रकाशित भएको छ ।

त्यस्तै बाढीका कारण नेपालगन्ज—गुलरिया हुलाकी सडकको खजुरामा अवरोध सृजना भएको छ । पेडारी नालामा आएको बाढी हुलाकी सडकको माथिबाट बग्न थालेपछि अवरोध भएको हो । बाढीले मोटरसाइकल बगाइरहँदा स्थानीयले उद्दार गरेर चालकको ज्यान जोगाएका छन् ।

वर्षाका कारण नेपालगन्ज जलमग्न भएको छ । नेपालगन्जको सेतु बिक चोकमा पानी जमेर पोखरी बनेको छ ।

तपाईको प्रतिक्रिया