अबिरल बर्षा : ४ जनाको मृत्यु


Share This


नेपालबहस संवाददाता    65 Views

काठमाडौं । आइतवार रातिदेखि परेको अविरल वर्षाका कारण ४ जनाको मृत्यु भएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका–५ सैवाङ गाउँमा घर भत्किँदा ३ जनाको मृत्यु भएको छ भने कैलालीको गोदावरी नगरपालिका–९ धनचौरीमा १ जनाको मृत्यु भएको छ ।

रुन्टीगढी गाउँपालिका–५ सैवाङ गाउँमा सोमबार बिहान घर भत्किँदा २२ वर्षीया कमला विक, उनकी १८ दिनकी छोरी आयुषा विक र १५ वर्षीया चित्रा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक ९डीएसपी० प्रमुख ज्ञानेन्द्र फुँयालले बताए ।

कैलालीको गोदावरी नगरपालिका–९ धनचौरीमा घर भत्किँदा दुठा रानाको मृत्यु भएको हो । घरले च्यापिएर मृतकका श्रीमान कडेरा राना घाइते भएका छन् । अविरल वर्षाले डुवान, बाढी र पहिरोको खतरा बढेको छ ।

तपाईको प्रतिक्रिया