महाकालीको बाढीले तटबन्धको स्पर बगायो


Share This


नेपालबहस संवाददाता    51 Views

कञ्चनपुर । महाकाली नदीको बाढीले नदी किनारमा निर्माण गरिएको तटबन्धको एक स्पर बगाएको छ । बाढीले भीमदत्त नगरपालिका-१२ ओदाली नजिकैको स्पर बगाएको हो ।

सोमबार दिउँसोदेखि महाकालीमा पानीको बहाव बढेपछि उक्त स्पर बगाउन थालेको हो । मंगलबार बिहानसम्म आधा भन्दा बढी बगाइसकेको छ । भीमदत्त नगरपालिका १२ ओदालीका स्थानीय दीपक विकले भने आज त पुरै बगाइसक्यो, अब तटबन्ध पनि बगाउने जोखिम बढेको छ ।

महाकालीमा पक्की पुल निर्माण भइरहेको क्षेत्रमा नदीले स्पर बगाएको हो । नदीमा पानीको बहाव भने घट्दै गएको छ । मंगलबार बिहान १ लाख ४५ हजार क्युसेक मापन गरिएको थियो भने १० बजेसम्म १ लाख २५ हजार क्युसेक पुगेको छ ।

तपाईको प्रतिक्रिया