धादिङमा ४.१ रेक्टर स्केलको पराकम्प !


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । धादिङको झारलाङ आसपास केन्द्रबिन्दु भई बिहीबार आज पुनः गोरखा भूकम्पको पराकम्प गएको छ । बिहान ७ः२१ बजे ४.१ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि असार १४ गते धादिङको सुन्दरबजार केन्द्रबिन्दु भई ५ रेक्टरको पराकम्प गएको थियो । गोरखा भूकम्पयता हालसम्म चार रेक्टर स्केलभन्दा माथिका ५०० परकम्प गइसकेका छन् ।

तपाईको प्रतिक्रिया