विशेषज्ञ चिकित्सकको टोली औलो प्रभावित क्षेत्रमा


Share This


नेपालबहस संवाददाता    82 Views

मुगु । स्वास्थ्य सेवा विभाग रोग नियन्त्रण महाशाखाबाट ४ जना बिषेशज्ञ चिकित्सकको टोली औषधिसहित जिल्लाको औलो प्रभावित क्षेत्रमा पुगेको छ । खत्याड गाउँपालिकाको रिघा गाउँमा फैलिएको औलो रोग नियन्त्रणका लागि बिशेषज्ञ चिकित्सकको टोली पुगेको हो ।

केन्द्रबाट खटिएको बिषेशज्ञ टोली एक सातासम्म गाउँमै बसेर औषधि उपचार र लामखुट्टेको अनुसन्धान गर्ने छ ।

महाशाखाका भेक्टर कन्ट्रोलर अधिकृत उत्तमराज प्याकुरेल, क्षेत्रिय स्वास्थ्य निर्देशनालयबाट श्यामलाल आर्चाय सेभ द चिल्ड्रेनबाट लामखुट्टे बिशेषज्ञ अरुण चौधरी र रोहित शाहको टोलीले रिघा गाउँमा पुगेर बिरामीको स्वास्थ्य परीक्षण र अनुसन्धान अघि बढाएको छ ।

टोलीले १ सय २० जनाको रगत परीक्षण गरेको छ । ती मध्ये ३६ जना बिरामी भेटिएको छ ।

बिरामीको अवस्था जटिल नभएकाले औषधि सेवनबाट निको हुने टोलीले जनाएको छ । ३ सय बढी बिरामीलाई पुग्ने औलोको औषधि रिघा गाउँमा पुगेको छ ।

तपाईको प्रतिक्रिया