स्तनपानसंगै ६ महिनाका बच्चालाई अतिरिक्त खाना दिनु आवश्यक


Share This


नेपालबहस संवाददाता    112 Views

काठमाडौं । एक अध्ययनका अनुसार जन्मेको ६ महिना पछिका बच्चालाई आमाको स्तनपान संगै अन्य खाने कुरा खुवाउनु पर्ने आवश्यक देखिएको छ ।

किंगको कलेज, लन्डन र स्टेट जर्जले विश्वविद्यालय लन्डनले अध्ययन गर्दा १ हजार ३ सय ३ जनालाई २ समुहमा विभाजन गरेर सर्वेक्षण गरेको थियो । सर्वेक्षण अनुसार स्तनपान संगै बच्चा ६ महिना पुगेपछि ठोस खाने कुरा दिनुपर्ने बताएको छ ।

एक समूह केवल छ महिना सम्म स्तनपान गरिएको थियो, अर्को समूहलाई तीन महिनाको उमेरमा स्तनपान दूधसंगै अतिरिक्त ठोस खाना दिइएको थियो। यसरी बच्चा जन्मेको ६ महिनापछि दिइने खानेकुराले बच्चाको स्वास्थ्य अवस्था राम्रो हुदै गएको बच्चाहरुका आमाहरुले बताएका छन् ।

समुहमा विभाजन गर्दा दुध मात्रै खाने बच्चा र स्तनपान संगै ठोस खाना खाने बच्चा राम्रो भएको अध्ययनको तथ्याङमा सार्वजनिक गरिएको छ ।
प्राप्त खाना संगै स्तनपान राम्रो हुदाँ बच्चा आरामले रामो संग सुत्ने तथा राम्रो हुदै हुर्किदै जाने बताइएको छ ।

यसरी बच्चामा ६ महिना पुगेपछि उनीहरुलाई प्राप्त मात्रामा दिइने खानाले लामो साय सम्म आराले सुत्नाले उनका आमा,बाबा पनि आराले सुत्न पाउने अध्ययनले बताएको छ । आमाहरुले आफ्नो शिशुहरुको राम्रो हेरचाहका लागि स्तनपान संगै अन्य पोसिलो खानामा पनि ध्यान दिनुपर्छ ।

६ महिनाको उमेर समुहको बच्चालाई पहिलो चोटी खानामा मसला नभएको खाना पकाउदा फल र तरकारी समावेश गरि पकाउने -जस्तै फर्सि,आलु आलु, स्याउ, गाजर, दुध, दाल र चामल इत्यादि।

सुरुमा बच्चाले यसरी बनाएको खाना नखाइदिन सक्छ, तर प्रयास गरेमा एक दिन बच्चाले खाना मन पराउने छ । थोरै मात्रामा खाना बनाउने बच्चाले अगाडि खाना मानेन भने अलिकति चिनी राखि खानामा मिष्ठास थपी चम्चाको मदतले दैनिक एक दुइ पटक खुवाउदै जाने गर्नु पर्दछ । एजेन्सी

तपाईको प्रतिक्रिया