जुम्ला–रारा अल्ट्रा म्याराथुन २०१८’ शुरु


Share This


नेपालबहस संवाददाता    54 Views

सुर्खेत । कर्णाली प्रदेशको जुम्ला जिल्लाद्वारा आयोजित राष्ट्रियस्तरको ‘जुम्ला–रारा अल्ट्रा म्याराथुन २०१८’ शुरु भएको छ । राष्टिय एथ्लेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह र अल्ट्रा विश्व च्याम्पियन मीरा राईले संयुक्तरुपमा ‘जुम्ला–रारा अल्ट्रा म्याराथुन २०१८’ को आज बिहान उद्घाटन गरे ।

सो खेलमा ३२० जना खेलाडीले भाग लिएको कर्णाली खेलकुद क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले जानकारी दिए।४९ किलोमिटको उक्त प्रतियोगितामा पूर्वमा झापा, धनकुटा, भोजपुर, मध्यमाञ्चलमा सिन्धुपाल्चोक, काठमाडौँ धादिङ, पश्चिमाञ्चलमा कास्की, स्याञ्जा मध्य तथा सुदूरपश्चिम गरी १४ जिल्लाका खेलाडीले भाग लिएको बताए ।
म्याराथुनका प्रतिस्पर्धीले जुम्लादेखि रारा पुग्न दुई हजार ३२४ देखि तीन हजार ६०० मिटरसम्मको उचाइ पार गर्नुपर्नेछ । ट्रेल रेसका खेलाडीको अधिकतम सहभागिता रहेको आयोजक क्लबले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार