fbpx

नवगाँवा अब टापु रह्दैन बिकासमा नमुना बन्छ : प्रमुखगुप्ता


Share This

नेपालबहस संवाददाता    

भिुषुवा । छिपहरमाई गाउँपालिकाका प्रमुख मनोज गुप्ताले नव गाँवा भनिएको गाउँपालिकाको क्षेत्र आउदा ४ बर्षभित्रै बिकासमा नमुना बन्ने बताएका छन् । गाउँपालिकाले शनिवार वडानम्बर २ टिहुकीस्थितविद्यालय परिसरमाआयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै प्रमुख गुप्ताले यस्तो बताए ।

‘तपाईले अहिले हेर्नु भएको ९ किलोमिटर ग्राभेल बाटो, २६ सय मिटर ढलान सडक, ३६ सय मिटर पक्कीनाला, एम्बुलेन्स, डोजर अनिएक्जाभेटर, सबै बिद्यालयमापर्खा, शौचालय र पंखाजस्ता कुरा यो बर्ष सुरुवातहो,’ गुप्ताले भने, ‘यो ट्रेलर मात्रहो, फिल्मअझै बाकी छ ।’ बर्षायाममा भारतीय भुमी भएर सदर मुकाम पुग्नु पर्ने, एउटा र्औषधी किन्न पनि सिमा पारी जानु पर्ने बाध्यता भएको यो ठाउँ आउदो चार बर्षभित्र बिकासमा नमुना नै बन्ने दावी गरे ।

स्थानीय जनताले सडक बनेपछि ठाउँको मुहार फेरिएको प्रतिक्रिया दिए । स्थानीयले शिक्षा र स्वस्थ्यका सेवा प्रदान गर्ने विद्यालय र स्थानीय स्वास्थ्य संस्थाको काम कारवाहीमा सुधार गर्नुपर्ने सुझाव दिए ।

वडा नम्बर बाट निर्वाचित गाउँकार्यपालिका सदस्य मुक्ति नारायण साहको अध्यक्षतामा र सहयोगि नेपाल संस्थाको संयोजनमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ, प्रदेश २ का उपाध्यक्ष केसी लामिछानेले सार्वजनिक सुनुवाई सुशासनको औजार भएको भनी सराहना गर्दै २ बर्ष अघि आफुले देखेको नवगाँवा क्षेत्र र अहिलेको अवस्था धेरै फेरिएको बताए ।

कार्यक्रममा गाउँपालिका निमित्त प्रमुख प्रसाशकीय अधिकृत शिवपुजन साह, सहजकर्ता तबरेज अहमद, वडानम्बर १ का राजबली यादव, ३ नं. वडाका अध्यक्ष बिनोद साहकानू, ४ नं. वडाका बालक राउत गद्दी, ५ नं. वडाका अध्यक्ष मौजीलाल साहकानू, स्थानीय अगुवाहरु र २ सयबढी सर्वसधारको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया