fbpx

बाँफीकोट गाउँपालिकाको नाम अव स्यार्पु गाउँपालिकामा परिवर्तन


Share This

नेपालबहस संवाददाता    

 रुकुम । रुकुम पश्चिममा रहेको बाँफीकोट गाउँपालिकाको नाम दोस्रोपटक परिवर्तन गरिने भएको छ। यसअघि परिवर्तन गरिएको नाममा अस्वीकृत भएपछि बाँफीकोटलाई स्यार्पु गाउँपालिका बनाइएको छ।

वर्षे अधिवेशनको दोस्रो गाउँसभाले बाँफीकोट गाउँपालिकाको नाम स्यार्पु गाउँपालिका बनाउने सर्वसम्मत निर्णय गरेको गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले बताए। उनका अनुसार स्यार्पु गाउँपालिका गरेर सिफारिस गर्न सर्वसम्मत निर्णय भएको छ।

यसअघिको गाउँसभाले बाँफिकोटको नाम सहिद स्यार्पु गाउँपालिका बनाउने निर्णय गरेको थियो। तर, उक्त नामको स्थानीयस्तरबाट पनि विरोध भएको थियो। ‘पहिले गरिएको नामाकरण अस्वीकृत भयो, त्यसैले अर्को नामाकरण गरेर सिफारिस गर्ने निर्णय भएको छ,’ अध्यक्ष केसीले भने।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार