fbpx

पहिरोमा परेर १२ वटा बाख्रा पुरिए


Share This

नेपालबहस संवाददाता    

दार्चुला । मार्मा गाउँपालिका–६ चेतकल्लीका अम्भु सितोलीका १२ वटा बाख्रा पहिरामा पुरिएका छन् । मंगलबार राति परेको वर्षापछि आज दिउँसो उक्त स्थानमा पहिरो खसेको थियो ।

सितोलीका चराउन लगिएका २८ वटा बाख्रामध्ये १२ वटा पहिराले पुरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पहिरोले बाख्रा पुरिएपछि पीडित सितोलीले क्षतिपूर्तिका लागि गाउँपालिका कार्यालयमा निवेदन दिने बताएका छन् ।

तपाईको प्रतिक्रिया