fbpx

सिमामा फोटोसहितको परिचयपत्र : ईपीजी बैठक


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाल–भारत खुला सीमालाई व्यवस्थित गर्न नागरिक परिचयपत्र जारी गर्नुपर्ने प्रस्ताव दुवै देशका सरकारलाई ईपीजी बैठकले आग्रह गरेको छ ।

ईपीजी बैठकमा भारतीय पक्षले सीमा क्षेत्रमा हुने आतंककारी गतिविधि, असुरक्षा, उग्रवाद, अवैध व्यापार र आउजाउ नियन्त्रण गर्न परिचयपत्र लागू गर्नुपर्ने प्रस्ताव राखेको थियो ।

सीमाका ७० भन्दा बढी चेक प्वाइन्टबाट आवतजावत गर्दा फोटोसहितको परिचयपत्र बोक्ने प्रणाली विकास गर्नुपर्नेमा भारतको जोड छ ।परिचयपत्रको प्रस्तावसँगै सीमामा दैनिक जीवन र सांस्कृतिक सम्बन्धमा असर पर्ने चिन्ता बढेको छ । सीमा वरपरको जीवनबारे अध्ययन गरेकाहरू परिचयपत्र लागू गर्दा सर्वसाधारणको जनजीवनमै असर पर्ने बताउँछन् ।

आप्रवासी नेपालीबारे जवाहरलाल नेहरू विश्वविद्यालय ‘जेएनयू’ बाट विद्यावारिधि गरेका केशव बस्याल सीमाको सामाजिक सद्भाव खलबल्याउने गरी परिचयपत्रको अवधारणा आएको टिप्पणी गर्छन् ।

तराई अशान्त भए आफ्नो सुरक्षामा फरक पर्ने सोचेर पनि भारतले परिचयपत्रमा जोड गरेको हुन सक्ने अर्का विज्ञ दिनेश प्रसाईंको अनुमान छ ।ईपीजीका नेपालतर्फका संयोजक डा। भेखबहादुर थापा भने खुला सीमा व्यवस्थित गर्नकै लागि उक्त सुझाव दिइएको बताउँछन् ।

नेपाल–भारत सम्बन्धलाई सीमामा रोटी–बेटीको सम्बन्ध पनि कस्तो असर गर्ला भन्नेमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।

तपाईको प्रतिक्रिया