fbpx

अनसनरत डा.केसीको अडान : सरकारसँग झुक्दिन, हेलिकोप्टर चढ्दिन !


Share This

नेपालबहस संवाददाता    

 काठमाडौं । सरकारी हेलिकोप्टरमा आफू काठमाडौं नर्फकने जुम्लामा अनसनरत रहेका डा.गोविन्द केसीले अडान राखेका छन् ।

डा. केसीलाई लिन बिहीबार बिहान सरकारी टोली हेलिकोप्टर लिएर जुम्ला पुगेको थियो, सोही सरकारी टोलीसँग आफू नर्फकने बरु आफै जाने उनले बताएका छन् । सरकारसँग झुक्दिन भन्दै डा .केसीले सरकारी हेलिकोप्टरमा नर्फकने अडान लिएको केसीका सहयोगी डा. विषद दाहालले बताए ।

केसीले जुम्लामा सरकारले आफ्ना समर्थकमाथि धरपकड गरेकाले त्यसलाई रोक्न पनि काठमाडौं जाने बताएका छन् । ‘यहाँ नरसंहार रोक्नका लागि पनि म काठमाडौं जान्छु’ डा. केसीको भनाइ उधृत गर्दै दाहालले भने ।

तपाईको प्रतिक्रिया