fbpx

दराज च्याम्पियनसिप केसस्टडि अवार्ड नेपाल कमर्स क्याम्पसलाई


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । दराज च्याम्पियनसिप केसस्टडिको दोस्रोसंस्करणको टाइटल नेपालकमर्स क्याम्पसले जितेकोछ।  केसस्टडि २०१८ को फाइनलमा सात प्रतिस्पर्धिहरुलाई पछिपार्दै नेपाल कमर्स क्याम्पस पहिलो बनेको हो।

केसस्टडि विजेताकमर्स क्याम्पसका मल्लिका कार्की, लिप्सा कर्मचार्य र शुनिता तन्डुकारको समुहले १ लाख रुपैंया पुरस्कार हात पारेको छ। त्यसैगरि एसइस्न्टीच्युट अफ मेनेजमेन्ट समुहले दोस्रो स्थान हासिल गर्दै ५० हजार तथा ब्रिटिस कलेज समुहले तेस्रो हुँदै २५ हजार रुपैयाँ पुरस्कार पाएका छन्।

दराजकेस स्टडिकार्यक्रमले भविष्यको नेतृत्वको अवसरदिने बाटो खोल्दै दराज फ्यूचर लिडर शिपप्रो ग्राम अन्तरगत विजयी समूहलाई १८ महिना काम गर्ने अवसर पनि दिएको छ। १८ महिनामा विद्यार्थीहरुलाई दराजले उनीहरुको चाहना अनुसार ३ फरकविभागमा ६ महिना तालिम दिनेछ।

१८महिनाको सफलतालिम पश्चात उनीहरुलाई दराजको व्यवस्थापन विभागमा काम गर्ने अवसर मिल्ने दराज केमु प्रालिले जनाएको छ। पछिल्लो वर्षको पहिलो संस्करणलाई नियमितता दिदै एसइस्न्टी च्युट अफमेनेजमेन्टसँगको सहकार्यमा दराजकेमु प्रालिलेके सस्टडिको दोस्रो संस्करण आयोजना गरेको हो।

प्रतिष्पर्धामा कुल २२ कलेजहरु सहभागि भएका थिए। जसमध्ये फाइनलमा पुगेका ८वटा कलेजहरुले संयुक्त रुपमा १लाख७५हजार रुपैंया नगद पुरस्कार पाएका थिए। ८वटा कलेजहरु ब्रिटिस कलेज, एसइन्स्टीच्युट अफमेनेज मेन्ट, मेधावी कलेज, नेपालकमर्स क्याम्पस, क्वेस्टइन्टर नेसनल कलेज, कुसुम,इस्लिङ्गटन कलेज र काठमाडौं मोडेल कलेज फाइनल चरणमा पुगेका थिए।

सबै कलेजका विद्यार्थीहरुलाई दराज पाकिस्तानसँग सम्बन्धित केसस्टडिमा प्रतिष्पर्धा गराइएको थियो। ग्राहक प्रतिको इमान्दारितालाई केन्द्रमा राखेर उत्कृष्ट व्यवसायिक कार्यक्रम सुझाव गर्न विद्यार्थीहरुलाई प्रोत्साहित गरिएको थियो। प्रतियोगिताको निर्णयक टोलीमा त्रिभुवन विश्व विद्यालयका सहायक प्राध्यापक डा. आर्हन स्थापितका साथै आउट रिजका प्रवन्ध निर्देशक उजय शाक्य, सफल पार्टनरका संस्थापक आसुतोषतिवारी जस्ता आद्योगिक विज्ञहरु थिए।

फाइनल कार्यक्रममा दराज समूहका मानवसंसाधन निर्देशकका र्लोट्टे स्टोफ्बर्गका साथै पाकिस्तान, बंगालादेश, र श्रीलंकाका मानव संसाधन प्रमुखहरुको उपस्थिति थियो। दराज नेपालले आगामी वर्ष देशभरका उत्कृठ कलेजहरुलाई सहभागि गराउँदै अझठूलो कार्यक्रम आयोजना गर्ने छ।

दराज समुहले पाकिस्तान, म्यानमार, बंगलादेश, श्रीलंका र नेपालमा विभिन्न ब्राण्डका उत्पादनको बिक्री बितरण गर्न अनलाइनप्लेट फर्मको भुमिका निर्वाह गर्दै आएको छ।

तपाईको प्रतिक्रिया