सामाजिक सद्धाव बिथोल्ने गरी मापसे गरे मुस्लिम समाजले जरिवाना तिराउने


Share This

नेपालबहस संवाददाता    

भद्रपुर । नेपाल मुस्लिम नागरिक समाज गौरीगञ्जले मादक पदार्थ सेवन गरेर समाजिक सद्भाव बिथोल्ने मुसलमान समुदायलाई जरिवाना तिराउने भएको छ ।

बुधबार बसेको बैठकले समुदायलाई अनुशासित र मर्यादित बनाउन सो निर्णय गरेको समाजका अध्यक्ष नसीर उद्दीनले बताए । उनका अनुसार मादक पदार्थको प्रयोग गरी झगडा गरेमा पहिलो पटक रु ५५१, दोस्रो पटक रु एक हजार १०० र तेस्रो पटक रु एक हजार ५५१ जरिवाना तिराउने बैठकले निर्णय गरेको छ ।

जरिवाना तिर्दै जाने तर मापसे गर्न नछाड्ने हो भने समाजबाट त्यस्ता व्यक्तिलाई बहिष्कार गरिने अध्यक्षको भनाइ छ । गौरीगञ्ज गाउँपालिकामा मुस्लिम समुदायको बढी बसोबास छ ।

तपाईको प्रतिक्रिया