मन्थली बजारमा पेट्रोलको अभाब !


Share This

नेपालबहस संवाददाता    

 

रामेछाप । रामेछापको मन्थली बजारमा पेट्रोलको अभाब भएको छ । बजारमा रहेको एक मात्र निलकठ्ेश्वर आयल स्टोसले नियमित रुपमा पेट्रोलको व्यवस्था गर्न नसकेका कारण बजारमा पेट्रोलको हाहाकार भएको हो ।

पेट्रोलपम्पले पटक पटक पेट्रोल ल्याउँदा बिच बाटोमै बिक्री गर्ने गरेको कारण जिल्लामा पेट्रोलको अभाव हुने गरेको गुनासो यसअघि पनि हुँदै आएको थियो ।

बजारमा पेट्रोलको हाहाकारलाई व्यवस्थापन गर्न स्थानीय प्रशासनले समेत कुनै चासो देखाएको छैन् । जसका कारण बजारका अधिकासं पसलहरुमा मीनरल वाटरको बोतलमा राखेर अबैद्य रुपमा पेट्रोल बेच्नेहरुको संख्या बढेको छ ।

यसरी अबैद्य रुपमा पेट्रोल बिक्री गर्नेहरुमा किनारा पसल, कपडा पसल, कस्मेटीक पसल, मासु पसल, खाद्यान्न पसल र दाना पसल समेत पेट्रोल बिक्री वितरण हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया