आज देशभर पानी पर्ने संभावना, बाढी तथा पहिरोको जोखिम !


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । विहीबार उपत्यकासहित देशभर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार विहीबार सामान्यतया हिजो अस्तिको तुलनामा ठूलो पानी पर्ने सम्भावना छ ।

मनसुन त्यति सक्रिय नभए पनि अस्थायी न्युनचापीय रेखा देखिएकाले विहीबार तुलनात्मक रुपमा ठूलो पानी पर्ने सम्भावना भएको हो । अहिले पूर्व र मध्य क्षेत्रमा त्यसको प्रभाव धेरै परेको छ ।

दिउँसो र राति पश्चिमी क्षेत्रमा यसको प्रभाव धेरै पर्ने मौसमविद् रिमालको भनाइ छ । मौसमविद रिमालका अनुसार अझै एक दुई दिन मौसम यस्तै रहनेछ ।

सक्रिय मौसमका कारण नदी आसपासका क्षेत्रमा बाढी तथा पहिरोको जोखिम रहेकाले सर्तकता अपनाउन आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया