तरुण दल स्याङ्जाका नेता सन्तोष गुरुङलाई पितृ शोक


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन तरुण दल स्याङ्जाका नेता सन्तोष गुरुङलाई पितृ शोक परेको छ । नेता गुरुङका बुबा टकबहादुर गुरुङको ६६ बर्षको उमेरमा असमायिक निधन हुदा पितृ शोक परेको हो ।

बिगत केही दिनदेखि जन्डिस रोगबाट ग्रसित टकबहादुरको बिहीबार उपचारको क्रममा पोखरा अस्पतालमा निधन भएको हो ।  टकबहादुर भुतपुर्व गोर्खा सैनिक एवं समाजसेवीमा आबद्ध थिए ।

तपाईको प्रतिक्रिया