प्रदेश २ मा आइतवार सार्वजनिक विदा



नेपालबहस संवाददाता
 




जनकपुरधाम। प्रदेश न २ सरकारले कृष्णाष्टमीको अवसरमा सार्वजनिक विदा दिने घोषणा गरेको छ । विहीवार बसेको मन्त्री परिषदको बैठकले कृष्णाष्टमीको अवसरमा भदौ १७ गते आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।