गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधनप्रति प्रधानमन्त्री ओलीद्धारा दुःख व्यक्त


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली साङ्गीतिक क्षेत्रका मूर्धन्य व्यक्तित्व हरिप्रसाद रिमालको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले आज ट्विटमार्फत स्व रिमालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदनासमेत व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले करीब डेढ वर्षअघि स्व रिमालको स्वास्थ्य स्थिति बुझ्न जाँदा भएको आत्मीय संवादको अहिले पनि आफूले स्मरण गरिरहेको बताएका छन् ।

वरिष्ठ कलाकार एवं रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर रिमालको ९२ वर्षको उमेरमा आज बिहान उनकै निवासमा निधन भएको हो ।

तपाईको प्रतिक्रिया