मौसम : पूर्वी र मध्य तराईका नदीहरुमा पानीको बहाव बढ्ने संभावना


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । आइतबार मौसम विभाग तथा बाढी पूर्वानुमान महाशाखाका अनुसार पूर्वी र मध्य तराईका नदीहरुमा पानीको बहाव बढ्न सक्ने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार बर्दिया, सुर्खेत, कैलाली,कञ्चनपुर र आसपास जिल्लाका चुरे र पहाडबाट बाट वहने साना नदीहरूमा वहाव बढ्न सक्ने संभावना रहेको छ ।

केही नदीहरुमा दिउँसोपख देखि सतर्कता तह सम्म पुग्न सक्ने भएकाले सतर्कता अपनाई आग्रह गरिएको छ । साथै पूर्वी र मध्य तराईका जिल्ला भएर बहने केहि साना नदीहरूका आसपासका क्षेत्रमा पनी सर्तकता अपनाउन बाढी पूर्वानुमानले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया