हुम्लामा दुई करोडभन्दा मूल्य बराबरको क्षति



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हुम्ला । वर्षा र पहिरोका कारण हुम्लामा रु दुई करोड २१ लाख ९१ हजार ७४९ मूल्य बराबरका धनमाल क्षति भएको छ । जिल्लाको विभिन्न ५४ स्थानमा पहिरो जाँदा सो मूल्य बराबरको क्षति भएको हुम्लाका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठले जानकारी दिए ।

वर्षा र पहिरोले घर, विद्यालय, खानेपानी, सिँचाइ कुलो र बालीनालीमा क्षति पु¥याएको जनाएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार वर्षाले गर्दा अहिलेसम्म ६० घरमा क्षति पु¥याएको छ ।

वर्षा र पहिरोबाट पीडित परिवारलाई जिल्ला प्रशासन कार्यालयबाट रु दुई लाख ६८ हजार राहत वितरण गरिएको उनले जानकारी दिए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •