सहकारीको कार्यक्रममा तीजको दर खाएका ५० जना बिरामी


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । ग्रामिण स्वाबलम्न बहुउदेश्यीय सहकारी संस्थामा तीजको दर खान गएका ५० जना बिामी भएका छन् । काभ्रेको पाँचखाल नगरपालिका-१२ मा सहकारीको कार्यक्रममा तीजको दर खाएका ५० जना बिरामी परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय र पाँचखाल प्रहरी चौकीको टोलीद्धारा बिरामी सबैलदाई शनिबार बिहान धुलिखेल सामुदायिक अस्पताल र शिरमेमोरियल अस्पतालमा उपचार लागी ल्याएको एसपी रविराज खड्काले जानकारी दिए । केहीको पाँचखालस्थित गौतम मेडिकल र सदीप मेडिकलमा उपचार भइरहेको छ ।

बिरामी भएकाहरु महिला, पुरुष र बालबालिका छन् । उनीहरुमा फुड प्वाइजन भएको र सबैजना बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया