बिजुली सर्ट हुँदा काठमाडौंको ज्यांठामा आगलागी



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । काठमाडौंको ज्यांठामा आगलागी भएको छ । बिहान चार बजेतिर पुण्यतारा स्थापितको साततले घरमा बिजुली सर्ट भएर आगो लागेको प्रहरी प्रभाग दरबारमार्गका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए।

भूईंतलामा राखिएको पानी तान्ने मोटरमा बिजुली सर्ट भएको अनुमान छ । आगलागीबाट घरको पहिलो, दोस्रो र तेस्रो तलामा क्षति पुगेको छ ।आगो लागेपछि पदयात्राका लागि राखिएको अक्सिजन ग्यासका सिलिण्डरहरु पड्किएका थिए ।

अहिले दमकलले आगो निभाइरहेको छ । क्षतिको विवरण संकलन गर्ने काम पनि भइरहेको प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार