गणेशको जन्मोत्सवमा देशभरका मन्दिरमा भक्तजनको भीड



नेपालबहस संवाददाता
 




Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । भाद्र शुक्ल चतुर्थीका दिन आज बिघ्नहर्ता गणेशको जन्मोत्सव अर्थात मंगल चौथी मनाइएको छ । शिवपार्वतीका पुत्र गणेशको जुनसुकै धार्मिक कर्ममा सवैभन्दा पहिला पूजा गरिन्छ ।

हरितालिका तीजको व्रत तोडी पुन: गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए ।

मध्याह्नकालमा ऋद्धिसिद्धि सहितका गणेशको पूजा गरी अघ्र्य चढाउने धार्मिक विधि छ । भाद्र शुक्ल तृतीयाका दिन सुखद् दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले आज जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान ‘गणेश पुराण’मा उल्लेख गरिएको छ ।

मङ्गल चतुर्थीसमेत भनिने आजका दिन काठमाडौँको अशोकविनायक, चन्द्रविनायक, भक्तपुरको सूर्यविनायक कमलविनायक लगायत देशभरका गणेश मन्दिरमा भक्तजनको भीड लाग्छ ।

नेवार समुदायले आजको दिनलाई ‘चथा’ पर्वका रूपमा मनाउँछन् । नेवार समुदायमा भने आज बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन छ ।


Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार