महानगरपालिकाद्धारा शंकराचार्यद्धार क्षेत्रमा बृच्छारोपण ‘फोटो फिचर’



नेपालबहस संवाददाता
 




Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले शंकराचार्यद्धारमा बृच्छारोपण कार्यक्रम सम्पन्न भएको छ । विश्व बाताबरण तथा सरसफाइ दिवसका अवसरमा महानगपालिका मनाउदै आएको सप्ताहव्यापि कार्यक्रमको समापन गर्दै महानगरपालिकाले मुलुककै प्रमुख प्रवेशद्वारको रुपमा रहेको शंकराचार्यद्वारमा बृच्छारोपण गरेको हो ।

महानगरपालिकाको नगरप्रमुख विजय कुमार सरावगीको प्रमुख आतिथ्यमा आयोजत कार्यक्रममा उप नगरप्रमुख शान्ति कार्कि,पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्याल, महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा.भीष्मकुमार भूसाल,जिल्लाका सम्पुर्ण सुरक्षा प्रमुख लगायतका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

साथै महानगरपालिकाले मुलुककै प्रमुखद्धारको रुपमा रहेको शंकराचार्यद्धारा क्षेत्रलाई सौन्दर्यकरण गर्ने कार्यक्रम सुरु गरेको छ । द्धारको बिचमा नेपालको झन्डातोलनको व्यव्सथा गरीनुको साथै त्यसक्षेत्रमा डिजिटल लाइट जडान गरिनुको साथै द्धारको सजावटलाई आधुनिकीकरण गरिने भएको छ ।

शंकराचार्यद्धारको दुबै तर्फरहेको बाटोलाइ अझ फराकिलो गर्दै व्यवस्थीत गर्नुको साथै त्यसक्षेत्रमा बाटोको दुबै तर्फ फुटपाथ बनाइ फुलहरुको बिरुवा लगाउन योजना समेत रहेको छ ।

शंकराचार्यद्वारको अगल–बगलमा फुलका बिरुवाहरु लगाउनुको साथै डिजिटल लाइटिगड्ड गर्ने व्यवस्था मिलाइने वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भिष्मकुमार भूषालले बताए ।

उहाले प्रमुखद्धारक्षेत्रको सौन्दरीकरण गर्दै भारतबाट आउने सबै आगंतुकहरुलाई स्वागत गर्दै स्वच्छ,सुन्दर नेपालको रुपमा पहिचान स्थापित बनाउने लायक त्यसक्षेत्रको बिकासको कार्यमा निर्माण कार्य अगाडि बढाइएको बताए ।


Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •