सञ्चारिका समूहको सातौं महाधिवेशन शुरु, आजै नयाँ नेतृत्व हस्तान्तरण गरिने


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सञ्चारिका समूहको सातौं महाधिवेशन तथा २२ औं साधारण सभा काठमाडौंमा सुरु भएको छ । समूहको महाधिवेशन प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ ।

उद्घाटन कार्यक्रममा सञ्चारिका समूहले स्थापना गरेको विविध पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ । उद्घाटन कार्यक्रम पछि बन्दसत्र र आजै नयाँ नेतृत्व हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

विधान अनुसार सञ्चारिका समूूहको एक कार्यकाल तीन वर्षको हुने व्यवस्था रहेको महासचिव कमला पन्थीले जानकारी दिईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार