fbpx

प्रवासमा रहेका नेपालीद्धारा पीडितलाई सहयोग


Share This

नेपालबहस संवाददाता    

अपाङ्ग परिवार नै हर्षित

रौतहट । कतार र बेलायतको सहयोग पाएर अपाङ्ग परिवार नै हर्षित भएका छन् । श्रम गर्न खाडी मुलुकमा विगत १५ वर्षदेखि कतारमा रहेका महोतरीका जलेश्वर निवासी बद्रीनाथ झाले रौतहटको परोहा नगरपालिका–७ नरकटिया खापका अपांग ३६ बर्षीय उपेन्द्र राम चमारलाई ट्रायल साईकल सहयोग गरेका छन् ।

महोतरी निवासी युवा समाजसेवी झाले आफू प्रवासमा रहेरपनि नेपालको एक पीडितलाई सहयोग गर्न पाउँदा खुशि लागेको बताएका छन् । उनले भने, मेरो सानो प्रयासले अपांगता भएकाको जिवनमा केही परिर्वतन होसभन्ने मात्र सोचले सहयोग गरेको हो ।

सोही परिवारमा दुवै खुट्टा कमजोर भएका कारण हिड्न नसक्ने अपांग ११ बर्षीय मुस्कान राम चमारलाई मुकुन्द फुयालको छोरा मिलिन्ड फुयालले यु.के बेलायतबाट कोशिश फाउण्डेसन मार्फत ह्वलचेयर सहयोग गरेका छन ।

रौतहटका युवा पत्रकार तथा समाजसेवी अभिमनु कुमार पटेलको पहलमा कतार र बेलायतबाट आएको सामाग्री अपांग रामको घरमै पुगेर हस्तान्तरण गरेका छन । ‘मानव जीवनमा सबैभन्दा ठूलो धर्म यही नै हो,’ उनले भने, विदेशबाट म माथि बिस्वास गरेर उनीहरले समान पठाएकोमा म धेरै हर्षित छु ।

राजपा नेपालका विबेक कुमार यादव, संघीय समाजवादी फोरम नेपालका अरबिन्द कुमार यादव लगायत अन्य स्थानीय बासीहरुको उपस्थितिमा सामाग्री हस्तान्तरण गरिएको हो ।

तपाईको प्रतिक्रिया