fbpx

राष्ट्रपति भण्डारीद्वारा जितिया पर्वको शुभकामना सन्देश


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीच एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याइरहेका चाडपर्व मनाउँदा तीनका मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक रहेको बताएकी छिन् ।

जितिया पर्वका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै बहुजाती, बहुभाषा, बहुसंस्कृति आदिले विविधतायुक्त हाम्रो मुलुकमा मनाइने विभिन्न चाडपर्वले आफ्नै मूल्य र मान्यतासहित संस्कृति, कला, वेषभूषा, गीत सङ्गीतलाई संरक्षण गर्ने कुरा नै हाम्रो मौलिकता बनेको बताइन ।

राष्ट्रपति भण्डारीले नेपाली महिलाले पारिवारिक सुख, खुशियाली र सन्तानको दीर्घजीवनको कामना गर्दै मनाइने सांस्कृतिक यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनीमा सुख, शान्ति एवं समृद्धि कायम होस् भनी हार्दिक शुभकामना व्यक्त गरिन।

यस पर्वमा महिलाले आफ्नो परिवारजनको सुस्वास्थ एवं समृद्धिका लागि व्रत बसेर पूजा आरधना गर्ने गर्दछन् । महिलाको महत्वपूर्ण पर्व जितियाले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सु–सम्बन्ध कायम गर्न सफल होस् भन्ने कामना पनि राष्ट्रपतिले गरेकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार