fbpx

नेविसंघद्धारा कञ्चनपुर बन्द, यात्रुलाई सास्ती


Share This

नेपालबहस संवाददाता    

कञ्चनपुर । नेपाल विद्यार्थी संघ कञ्चनपुरले निर्मलाको बलात्कारपछि हत्याभएको ६७ दिनसम्म पनि दोषि पत्ता नलागेको भन्दै मंगलबार कञ्चनपुर बन्द गरेको हो ।

निर्मला पन्तको न्यायको मागका लागि आफूहरुले एकदिनका लागि नेवि संघ कञ्चनपुरका जिल्ला सदस्य तेजबहादुर साउँदले बताए । उनले केन्द्रीय निर्देशनअनुसार आफूहरुले मंगलबार  गरेको बताए । बन्दका कारण बिहानैबाट सवारीका सवारीका साधन चलेका छैनन् भने शैक्षिक संस्थाहरु पनि सोमबारबाटै बन्द छन् ।

यस्तै, नेवि संघको आह्वानमा सहमति जनाउदै उद्योग व्यवसायीले पनि बजार व्यवसाय बन्द गरेका छन् । बन्दका कारण भारतमा मजदूरी गरी दशै तिहारका लागि घर फर्किदै गरेका मजदूर मर्कामा परेका छन् ।

निर्मलाको बलत्कारपछि हत्याको विरोधमा कञ्चनपुरलगायत देशैभर दुइमहिनादेखि आन्दोलन जारी छ । तर, सरकारले हत्यारा पत्ता लगाउनुको साटो संरक्षण गरेको भन्दै त्यसको विरोध भइरहेको छ ।

यता, सरकारले छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै महिला अधिकारकर्मीसमेत आन्दोलनमा उत्रिएका छन् । उनीहरुले प्रतिवेदन सार्वजनिक नभएसम्म आफूहरुको विरोध तथा दबाबमूलक आन्दोलन जारी रहने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार