fbpx

यसै सातादेखि मनसुन बाहिरिने


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । यो वर्षको मनसुन यसै सातादेखि बाहिरिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । पश्चिमबाट मनसुन बाहिरिए पनि मध्ये र पूर्वी भागबाट भने बाहिरिने क्रममा रहेको महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद्का अनुसार स्थानीय र मनसुनको सामान्य प्रभावले हल्का वर्षा भइरहे पनि यो साता मुलुकबाटै बाहिरिने बताइन् । १० जुनदेखि मनसुन प्रवेश हुने भए पनि यो वर्ष दुई दिन अघि ८ जुनमा प्रवेश भएको थियो ।

सामान्यतया २३ सेप्टेम्बरबाट मनसून बाहिरिने भए पनि केही वर्षदेखि मनसुन पछि धकेलिएको छ । अक्टोबर पहिलो सातासम्म मनसुनी वर्षा हुने गरेको महाशाखाले उल्लेख गरेको छ ।

यो मनसुन बाहिरिए संगै यस बर्षको दशैमा पानी नपर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार