fbpx

पहिलो किस्ताको पर्खाइमा स्याङजाका भूकम्पपीडित


Share This

नेपालबहस संवाददाता    

स्याङजा । भूकम्पपीडितले अहिलेसम्म पनि पहिलो किस्ता समेत नपाएको गुनासो गरेका छन् । घर भत्किएपछि छाप्रो बनाएर बसेको ३ बर्ष बित्तीसक्दा पनि राहत नपाएको वालिङ नगरपालिका–४ एलादिका लोकनाथ खनालले बताए ।

यस्तै गल्याङ नगरपालिका–१० का ज्ञानप्रसाद रेग्मी पहिलो किस्ता पाए पनि दोस्रो किस्ता पाउन नकसेको बताएका छन् । रेग्मीलाई जस्तै वालिङ नगरपालिका–१२ का हुमनाथ पराजुलीलाई पनि राहत नपाउँदा समस्या भएको छ ।

उनले पहिलो किस्तासमेत पाउनु भएको छैन । उनले भने, “घर पूर्ण रूपमा क्षति भएपछि भत्काएर जसोतसो बनाएँ, रातो कार्ड त दिएका छन्, राहतको पहिलो किस्तासमेत अहिलेसम्म पाइएको छैन ।”

जिल्लामा भूकम्प प्रभावितको सङ्ख्या नौ हजार ३३३ रहेको छ । आठ हजार ७६६ को पूर्ण क्षति तथा ५६७ को घर आंशिक रुपमा क्षति भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कार्यालयले जनाएको छ ।

पाँच सय जनाले विभिन्न कारणले पहिलो किस्ता पाएका छ्रैनन् । कार्यालयका प्रमुख प्रविन ढकाल केही लाभग्राहीले सम्झौता नगरेको र केहीको नम्बर जुधेका कारण समस्या भएको बताउछन् ।

उनले पहिलो किस्ता नपाएका लाभग्राहीलाई कार्यालयमा सम्पर्क गर्न आग्रह गरे । स्थानीय निकायलाई नै यसको जिम्मा दिने तयारीमा रहेकोले अब नयाँ कार्यविधि पारित भएपछि दशैँ पछाडि लाभग्राहीले सहज रूपमा रकम पाउने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार