देशव्यापी बन्दै ‘पातञ्जल’ योग जागरण अभियान


Share This

नेपालबहस संवाददाता    

 भक्तपुर । ‘पातञ्जल’ योग समिति नेपाल भक्तपुरले देशव्यापी रुपमा योग जागरण अभियान सञ्चालन गर्ने भएको छ । भक्तपुर जिल्लाबाट योग जागरण अभियान सुरु गरेको पातञ्जल योग समितिले सिटिईभिटिसँग सहकार्य गरेर अगाडि बढ्ने भएको हो ।

योग सम्वन्धी तालिम लिई योग शिक्षकको रुपमा कार्यरत योग शिक्षकले सिटिईभिटि मार्फत देशभर तालिम सञ्चालन गर्ने ‘पातञ्जल’ योगसमिति नेपालका केन्द्रिय अध्यक्ष सुर्दशन सुवेदीले बताएका छन ।

सिकेको ज्ञानलाई सिटिईभिटि सँग अब छिटै सम्बन्धन लिई व्यवस्थित रुपमा काम अगाडि बढाउने उनले बताए । यहाँबाट योग शिक्षकहरु हजारौमा पुगे तर ति शिक्षकहरुले नेपाल सरकारद्धारा मान्यता प्राप्त शैक्षिक योग्यताको आधिकारीक प्रमाणपत्र

हरु नपाएको उनले गुनासो गरे ।

ध्यान,ज्ञान,निरोगिताको अमृतजलः मातृभुमिको सुगन्ध हाम्रो पातञ्जल भन्ने मूल नारालाई ह्रदयङ्गम गर्दै आगाडि बढेको ‘पातञ्जल’ योग समितिले योग शिक्षामा संलग्न भईरहेका योग शिक्षकहरुलाई उनिहरुको योग्यता र क्षमताको परीक्षण गरि योग शिक्षक बनाइने पातञ्जल योग समिति नेपालका केन्द्रिय महासचिव नबराज काफ्लेले बताए।

योग जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष बालमुकुन्द सुवालले पातञ्जल योग समितिको यो अभियानले देशभर प्रत्येक जनजनमा योगलाई पूरयाउन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

 

यता योग समितिले ल्याएको प्रस्ताव आम नेपालीलाई स्वस्थ बनाउने अभियानतर्फ केन्द्रित भएको उल्लेख गर्दै रोजगारीको अवसरलाई पनि सुनिश्चित हुने गरि परिषदले आवाश्यक काम अगाडि बढाउने प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सानो थिमिका सदस्य सचिव पुष्परमण वाग्लेले बताए ।

पातञ्जल योग समिति नेपालका केन्द्रिय सल्लाहाकार संयोजक होम प्रसाद गौतम,केन्द्रिय उपाध्यक्ष राजभक्त श्रेष्ठ, कोषाध्यक्ष जानुकादेवी भट्टाराई,केन्द्रिय सदस्य एवं प्रशिक्षण विभाग प्रमुख दिपक प्रसाद नेपाल,केन्द्रिय सदस्य योग प्रसाद आचार्य,केन्द्रिय सदस्य विजय कुमार पोखरेल,केन्द्रिय सल्लाहाकार दुर्गा प्रसाद भुषाल लगाएतको टोली सोको प्रस्ताव लिई सिटिईभिटिका प्रतिनिधिहरु विच छलफल कार्यक्रम गरिएको थियो ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार