मटितेल छर्केर आगो लगाउँदा ज्यान गयो



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

१२ जेठ, काठमाडौं । सप्तरीको शम्भुनाथ नगरपालिकास्थित खोक्सरमा आफ्नो जिउमा आगो लगाउँदा एक महिलाको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको शम्भुनाथ नगरपालिका–१ निवासी इन्द्रदेव यादवकी ३५ वर्षीया श्रीमती रामादेवी यादव रहेको प्रहरीले जनाएको छ ।

आगोबाट पोलेर गम्भीर घाइते भएकी उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताए ।

श्रीमान्सँग सामान्य विवाद हुँदा रामादेवीले आफ्नो शरीरमा मट्टितेल छर्केर आगो लगाएकी थिइन् ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार