पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपतिबाट माल्यार्पण (फोटोफिचर)


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । आज पुस २७ अर्थात पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विभिन्न संघ सस्थाले विभिन्न कार्यक्रम गरेर पृथ्वीजयन्ती मनाएका छन् । यसैक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरवार पश्चिम गेटमा रहेको शाहको शालिकमा माल्यार्पण गरेकी छन् ।

२९७ औं पृथ्वी जयन्तीका अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारी पृथ्वीनारायणको सिंहदरवारस्थित शालिकमा माल्यार्पण गर्न पुगेकी हुन् । सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

त्यस्तै सञ्चारमन्त्री गोकुल बास्कोटा, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलाराज रेग्मी, लगायतले पनि शाहको शालिकामा माल्र्यापर्ण गरेका छन् । सो अवसरमा र्याली तथा विभिन्न सांस्कृतिक झाँकीसमेत निकालिएको थियो । पृथ्वी नारणण शाहले नेपाल एकीकरणमा महत्वपूर्ण योगदान दिएको स्मरणमा पृथ्वी जयन्ती मनाउने गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार