fbpx

रक्सी, मासु, अन्न र अनिकाल


Share This

नेपालबहस संवाददाता    

एकातिर कर्णालीमा सँधैजसो अनिकाल हुने अर्कातिर खाद्य संस्थानले कर्णालीबाटै ल्याएको फापर, सिमी जस्ता खाद्यपदार्थ बिक्री वितरण नगरेर कुहिएको छ

सञ्चिता पौड्याल

काठमाडौं । करिब ४० प्रतिशत नेपाली घरधुरीमा रक्सी पिइन्छ । यसमध्ये २८ प्रतिशत महिलाहरू रक्सी पिउँछन् । गाउँका एकतिहाई महिलाहरू रक्सी पिउँदैनन भने शहरमा त्यो ३० प्रतिशत रहेको छ । शहरिया उच्च र मध्यम वर्गीय आर्थिक हैसियत भएका महिलाहरू धेरैजसो वाइन पिउने गर्छन् । विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एशिया शाखाले अल्कोहलसम्बन्धी विश्वस्तरीय अवस्थाबारे रिपोर्ट तयार पार्ने क्रममा नेपालमा गरेको नमूना सर्वेक्षणबाट यो तथ्य देखिएको हो ।

यो संसारमा खान नपाएर मानिस मरेका छन् भने खान नजानेर पनि मरिरहेका छन् । अनि धेरै खाएर मर्नेको संख्या पनि धेरै छ । नेपालमा हरेक वर्ष खाद्य संस्थानको सयौँ टन चामल गोदाममै कुहिरहेको हुन्छ । अर्कातिर पहाडी र मधेशका दलित झोपडीहरूमा अन्न अभाव र कुपोषण गम्भीर छ । एकातिर कर्णालीमा सँधैजसो चामल वा खाद्यान्नको अभाव हुनेगर्छ ।

नेपाल दक्षिण एशियामा सबभन्दा बढी रक्सी सेवन गर्ने मुलुकमा पर्दछ । रक्सी, बियर, वाइन, जाँड आदि अल्कोहलयुक्त पेयको नेपालमा प्रतिब्यक्ति सेवन वार्षिक करिब ४५ लिटर पर्दछ । एशियाका मानिस सबभन्दा पियक्कड रहेछन् । बियर पिउने होडमा एशियाली नागरिक सबभन्दा अगाडि देखिएका छन् । बढ्दो आर्थिक समृद्धि र जीवनशैलीमा आएको परिवर्तनले युवावर्ग यसको सबभन्दा ठूलो बजार बन्न पुगेको छ । पछिल्लो केही वर्षदेखि रक्सी सेवनको मामिलामा एशियाले युरोप र अमेरिकालाई उछिन्न थालेको हो ।

कुल खपतको हिसाब गर्दा एशियाले सन् २००७ मै अमेरिका र युरोपलाई पछाडि पारिसकेको देखिन्छ । त्यो बेला नै एशियामा ६७ अर्ब, अमेरिकामा ५७ अर्ब र युरोपमा ५१ अर्ब लिटर बियर पिएको पाइयो । सन् २०१६ मा एशियामा बियरको खपत करिब प्रतिशतले बढेको छ र बृद्धिको यो प्रवृत्ति तीब्र रहेको छ । चीन संसारमा सबभन्दा बढी बियर उत्पादन गर्ने मुलुक भइसकेको छ, जहाँ बाँसको पातबाट पनि बियर बनाइन्छ । आर्थिक उन्नतिसँगै चीनमा बियर, रक्सी र वाइनको सेवन दर निकै बढेको छ । १९८० देखि नै चीनमा यस्तो उत्पादन र खपत बढेर आएको छ भने २००३ मा चीनले बियर उत्पादन र सेवनमा अमेरिकालाई उछिनिसकेको छ । सन् २०१० मा चीनले ४४ अर्ब लिटर पेय पर्दाथ उत्पादन गरेको थियो भने अमेरिकाले २३ अर्ब, ब्राजिलमा १२ अर्ब र रुसमा १० अर्ब लिटर पेय पर्दाथ उत्पादन भएको थियो । प्रतिब्यक्ति खपतमा भने युरोप सबभन्दा अगाडि रहेको छ । युरोपेली मुलुमध्ये चेक गणतन्त्र सबभन्दा अगाडि छ । त्यहाँ प्रतिब्यक्ति १७४ लिटर त्यसपछि आयरल्याण्ड र सात अन्य यरोपेली मुलुक आउँछन् । प्रतिब्यक्ति प्रतिवर्ष ६४ लिटर बियर सेवन गर्ने जापान ४१ औँ स्थानमा परको छ ।


चीन संसारमा सबभन्दा बढी बियर उत्पादन गर्ने मुलुक भइसकेको छ, जहाँ बाँसको पातबाट पनि बियर बनाइन्छ । आर्थिक उन्नतिसँगै चीनमा बियर, रक्सी र वाइनको सेवन दर निकै बढेको छ । १९८० देखि नै चीनमा यस्तो उत्पादन र खपत बढेर आएको छ भने २००३ मा चीनले बियर उत्पादन र सेवनमा अमेरिकालाई उछिनिसकेको छ । सन् २०१० मा चीनले ४४ अर्ब लिटर पेय पर्दाथ उत्पादन गरेको थियो भने अमेरिकाले २३ अर्ब, ब्राजिलमा १२ अर्ब र रुसमा १० अर्ब लिटर पेय पर्दाथ उत्पादन भएको थियो । प्रतिब्यक्ति खपतमा भने युरोप सबभन्दा अगाडि रहेको छ ।


यो संसारमा खान नपाएर मानिस मरेका छन् भने खान नजानेर पनि मरिरहेका छन् । अनि धेरै खाएर मर्नेको संख्या पनि धेरै छ । नेपालमा हरेक वर्ष खाद्य संस्थानको सयौँ टन चामल गोदाममै कुहिरहेको हुन्छ । अर्कातिर पहाडी र मधेशका दलित झोपडीहरूमा अन्न अभाव र कुपोषण गम्भीर छ । एकातिर कर्णालीमा सँधैजसो चामल वा खाद्यान्नको अभाव हुनेगर्छ । अर्कातिर खाद्य संस्थानले कर्णालीबाट ल्याएको फापर, सिमी लगायतका खाद्यपदार्थ बिक्री वितरण नगरेर कुहिएको अवस्थामा पु¥याइरहेको छ । युएनडीपीको एक अध्ययनअनुसार नेपालका ३४ लाख मानिसहरू साँझको खाना अन्नको अभावका कारण अल्पाहार गर्छन् । यसमध्ये महिलाको संख्या सर्बाधिक छ ।

संसारमा हरेक वर्ष ६ करोड मानिस अनिकालले मर्छन् । अमेरिकी खोजबाट के देखिन्छ भने अमेरिकामा मात्र मासुका लागि पालिएका जनाबरलाई खुवाउन प्रयोग हुने अन्न र सोया बचाउने हो भने एक अर्ब मानिसलाई भोजन जुटाउने अन्न जोगाउन सकिन्छ । अमेरिकीहरूले आफ्नो खानाबाट १० प्रतिशत मात्र मासुको उपभोग घटाए भने १ करोड २० लाख टन अन्न बच्दछ, जसले ६ करोड मानिसलाई खुवाउन पुग्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार